`

तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु–छोरीको मृत्यु

Nepal One HD २१ साउन २०८० ९:२६
प्रमुख खबर

काठमाडौँ । काठमाडौँको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ।

प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ मा गए राति स्थानीय गणेश तामाङको घर पहिरोले पुरिँदा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।

उहाँका अनुसार  शनिवार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ ।

सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन् । उनको प्राथमिक उपचार गरिएको छ ।


प्रतिक्रिया