`

काठमाडौं उपत्यकामा भारी वर्षा , केही क्षेत्र डुवानमा

Nepal One HD २३ साउन २०८० ८:२८
प्रमुख खबर

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर वर्षाका कारण नदी र खोलाहरुमा बाढी आएको छ ।

वर्षाका कारण विष्णुमती, बागमती धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भै रहेको छ । बिभागले नदी तटीय क्षेत्रहरूमा रहेकाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया