भक्तपुर हनुमन्ते क्षेत्रका जनताले दिए महेश बस्नेतलाई धन्यवाद
काठमाडौँ – गएराति परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न स्थानहरूमा बाढी पहिरो गएको छ ।
केही वर्ष अघिसम्म भक्तपुर हनुमन्ते क्षेत्रमा बाढिका कारण सयौँ घरहरू विस्थापित भएका थिए । तर गएराति परेको अविरल वर्षामा भक्तपुर हनुमन्ते क्षेत्रका जनता सुरक्षित महसुस गरिरहेका छन् । पूर्व मन्त्री,विकास प्रेमी युवा नेता महेश बस्नेतको पहलमा बनेको हनुमन्ते करीडोरका कारण आज यस ठाउँको जनताले सुरक्षित महसुस गरी रहेका हुन् ।
हनुमन्ते बाढी पीडितहरूले पूर्व मन्त्री बस्नेत ज्युलाई धन्यवाद दिइरहेका एक स्थानीयले बताए । स्थानीयले भने,’अलि ठुलो पानी पर्न साथ हनुमन्ते खोला आसपास बसोबास गर्नुहुने सबैलाई एउटै चिन्ता हुन्थ्यो अब खोला बस्तीमा पस्छ भन्ने । तल्लो तलाको सबै सामान माथिल्लो तलामा उकाल्नु पर्थ्यो । बाढी सँगै दुर्गन्धित पानी आउँथ्यो । वाक्क दिक्क भएर कतिले आफू बस्दै आयको घर बेचेर पनि हिँड्नु भयो ।घर बनाउन घडेरी किन्नु हुने धेरैले लामो समय सम्म घर बनाउन आँट गरेनन् । अहिले सबैलाई आनन्द छ न बाढी पस्छ न दुर्गन्ध नै ।’
