रास्वपाका सांसदहरूले संसद नचलेको दिन सुविधा नलिने

प्रमुख खबर

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरुले संसद नचलेको बेलामा कुनै सेवा सुविधा नलिने भएको छ ।
रास्वपा संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने जानकारी गराएका हुन् ।
उनले भने, ‘हामीले सभामुखलाई दलको तर्फबाट संसद सुचारु गर्नको लागि संसदीय अभ्यासभित्र रहेर संसद निरन्तर चलोस् भनेर सभामुखलाई औपचारिकरूपमा पत्र दर्ता गराएका छौं ।’
उनले सरकार र प्रतिपक्षी दलबीचको कुरा मिलाएर चाँडोभन्दा चाँडो सदन सुचारु गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट