कांग्रेस महाधिवेशनमा कुनै गुट छैन, विवेक प्रयोग गरेर मतदान गर्नुस् – गगन थापा
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारको सूचीलाई आधिकारिक नबुझ्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन्।
उनले कुनै प्यानल वा गुट नरहेको स्पष्ट पार्दै पार्टीको हितलाई ध्यानमा राखेर स्वतन्त्र विवेकका आधारमा मतदान गर्न अनुरोध गरेका छन्। साथै, प्राविधिक कारणले मतदान ढिलो हुँदा परेको असुविधाप्रति क्षमासमेत मागेका छन्।
थापाले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राख्दै आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न अनुरोध गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
