`

कांग्रेस महाधिवेशन : मतदान भोलि बिहान ७ बजेदेखि

Nepal One HD २२ असोज २०८३ १६:०८
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान आज हुन सकेन। अब मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने भएको छ।

निर्वाचन समितिले बिहान १० बजेका लागि तोकेको मतदान समय तीनपटक परिवर्तन गर्दै दिउँसो साढे २ बजेसम्म पुर्‍याएको थियो। तर, उक्त समयमा पनि मतदान प्रक्रिया सुरु हुन सकेन।

आज मतदान हुन नसकेपछि निर्वाचन समितिले शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने नयाँ समय निर्धारण गरेको हो। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु हुने जानकारी दिएका छन्।

निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएकाले मतदान प्रक्रिया प्रभावित भएको निर्वाचन समितिले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *