`

कांग्रेस महाधिवेशन : मतदान सुरु हुन ढिलाइ, खुलामञ्च र राष्ट्रिय सभागृहमा सुरक्षा कडा

Nepal One HD २२ असोज २०८३ १५:२४
राजनीति

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदान निर्धारित समयमा सुरु हुन सकेको छैन।

दिउँसो साढे २ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम रहे पनि तोकिएको समय बितिसक्दा पनि मतदान प्रक्रिया सुरु भएको छैन।

मतदान सुरु हुनुअघि खुलामञ्च र राष्ट्रिय सभागृह क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। दुवै मतदानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सुरक्षाकर्मीले मतदानस्थलमा पत्रकारलाई समेत प्रवेशमा रोक लगाएका छन्। महाधिवेशन प्रतिनिधिलाई पनि हालसम्म दुवै स्थलमा प्रवेश गर्न दिइएको छैन।

मतदानस्थल आसपासको आवागमनमा समेत कडाइ गरिएको छ। नयाँ नेतृत्व चयनका लागि हुने मतदानलाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।

साथै, मतदान सुरु हुन ढिलाइ भएपछि महाधिवेशन प्रतिनिधि तथा उम्मेदवारहरू मतदान प्रक्रिया सुरु हुने प्रतीक्षामा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *