`

एकैदिन २५ जना पक्राउ

Nepal One HD २२ असोज २०८३ १४:४५
समाचार

काठमाडौं। लागुऔषधविरुद्धको प्रहरी कारबाहीमा देशका विभिन्न ठाउँबाट एकैदिन २५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लागुऔषध कारोबार तथा सेवनमा संलग्न भएको आशंकामा अनुसन्धान अघि बढाइएका व्यक्ति छन्।

प्रहरीका अनुसार ललितपुर, धादिङ, सिरहा, झापा, सप्तरी, बर्दिया, मोरङ, कास्की, सुनसरी, मकवानपुर र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूबाट खैरो हेरोइन, ब्राउनसुगर जस्तो देखिने पदार्थ, गाँजा र चिकित्सकको सिफारिसमा प्रयोग हुने नाइट्राजेपाम बरामद गरिएको प्रहरीले जनाएको छ। केही स्थानबाट टापेन्टाडोल र नगदसमेत बरामद भएको छ।

ललितपुरको नख्खुबाट नाइट्राजेपामसहित दुई जना पक्राउ परेका छन्। झापाको दमकमा खैरो हेरोइनजस्तो पदार्थसहित चार तथा सप्तरीमा ७० ग्राम खैरो हेरोइनसहित दुई जना समातिएका छन्।

मोरङको विराटनगरबाट १०१ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो पदार्थसहित तीन जना पक्राउ परेका छन्। पोखरामा गाँजा, टापेन्टाडोल र नगदसहित एक जना तथा मकवानपुरको हेटौँडाबाट खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ।

त्यस्तै सुनसरी, बर्दिया र सुर्खेतलगायतका जिल्लाबाट पनि ब्राउनसुगरजस्तो पदार्थसहित व्यक्ति पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेकाहरूको संलग्नता र बरामद लागुऔषधको स्रोतबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *