शेर्पालाई राज्यले नियन्त्रण नगरे कडा प्रतिरोध गर्न बाध्य हुने युवासंघ उपाध्यक्ष लामाको चेतावनी


काठमाडौं । एमाले निकट युवा संघका उपाध्यक्ष अमित लामाले जनजाती अभियन्ता दावी गर्ने आङकाजी शेर्पालाई अराजक र अपराधीको संज्ञा दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै लामाले शेर्पा र उनका अतिवादी समूहले मुलुकमा जातीय द्वन्द्व फैलाउने काम गरेको आरोप लगाए।
उनले लोकतान्त्रिक व्यवस्थाा राजनीतिक गतिविधि नियन्त्रण गर्ने अराजक तत्वलाई राज्यले नियन्त्रण नगरे आफुहरुले कडा प्रतिरोध गर्न बाध्य हुने भन्दै चेतावनी पनि दिएका छन् ।
उनले लेखेका छन् – ‘नेपालको संविधानले सम्पुर्ण नागरिकलाई सम्मान पुर्वक हिड्डुल गर्न पाउने अधिकार दिएको छ। तर विडम्बना विभिन्न अन्तरास्ट्रिय संस्था बाट डलर खाएर जातको नाममा राजनीति गर्न,समाजलाई हिंसा भड्काउने अभिव्यक्ति दिने,आफुलाई जनजातिको ठेकेदार सम्झिने आङ्काजी शेर्पा भन्ने अराजकको उस्काहटमा केही ब्यक्तिहरुले युवा संघको धनकुटा जिल्ला भेला तथा प्रशिक्षणमा चौबिसे जाने क्रममा अध्यक्ष क्षितिज थेवे लगाएत अन्य माथि ढुङ्गा मुडा गर्ने निच कार्य गरेछन् ।’

‘लोकतन्त्रमा राजनैतिक गतिबिधि नियन्त्रण गर्ने अराजक प्रबृति राज्यले नियन्त्रण गरोस नत्र राष्ट्रिय युवा संघ नेपाल कडा प्रतिरोध गर्न बाध्य हुनेछौ र आइपर्ने अवस्थाको जिम्मेवारी स्वयम् ले लिनु पर्ने छ । यो आङ्गकाजि भन्ने ब्यक्ति अराजक अपराधि हो । यस्ले युवा संघको नेतृत्व माथी जुन ढगले आक्रमण गर्न लगायो । यस्को बदला युवा संघले लिनै पर्छ । यो काठमाण्डौको बौद्धमा बस्छ भन्ने कुरा छ । जहाँ छ तुरुन्त खोजेर कार्बाहि गर्न प्रहरीकोमा बुजाँउ ।’