`

स्वर्णिम वाग्लेको भारतसम्बन्धी अभिव्यक्तिमाथि बाँस्कोटाको विरोध, बर्खास्त गर्न प्रधानमन्त्रीसँग आग्रह

Nepal One HD १२ कार्तिक २०८३ ८:४०
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले भारतमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा भारतविरोधी राष्ट्रवादको युग सकिएको बताएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग माग गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले वाग्लेलाई ‘नव लेन्डुप’ को संज्ञा दिँदै विरोध जनाएका हुन्।

उनले लेखेका छन् -‘ न राष्ट्र संघ न युनिभर्सिटीको phd को खोस्टो थियो उनीसँग।तर पृथ्वी नारायण शाहले परराष्ट्र सम्बन्ध लाई झिकी कटक-जाई कटक र दुई ढुंगाको तरुलकोसुत्रमा बाँधेका थिए।अहिले बेपर्वाह नव लेण्डुप उफ्रने?किक आउट हिम,पिएम।’

वाग्लेले कात्तिक ६ गते सम्बोधनका क्रममा नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको बताएका थिए। उक्त अभिव्यक्तिलाई लिएर विभिन्न व्यक्तिले विरोध जनाउँदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *