`

राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काको भेट

Nepal One HD ११ भदौ २०८० २०:४८
प्रमुख खबर

काठमाडौँ, ११ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज उपप्रधानमन्त्री खड्काले उहाँसँग भेटवार्ता गर्नुभएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ । सो अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गर्नुभएको थियो ।


प्रतिक्रिया