`

पाल्पामा जिप दुर्घटना : तीनजनाको मृत्यु

Nepal One HD १३ भदौ २०८० १०:३९
समाचार

रामपुर (पाल्पा)- पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ ।

गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया