तीन वटा संसदीय समितिको बैठक बस्दै

राजनीति

काठमाडौँ / आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ ।
बैठकमा समितिको हालसम्मको कार्यप्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्वपूर्ण विषयहरुको प्रश्तुती र छलफल हुनेछ ।
त्यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रश्तुति हुनेछ । र बिहान ११ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकास लक्ष्य नम्बर ५ अन्तर्गत लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट