`

सार्वजनिक बिदामा सरकारी गाडी दुरुपयोग भएको भन्दै राष्ट्रिय युवा संघको विरोध

Nepal One HD २० भदौ २०८० १४:५५
प्रमुख खबर

काठमाडौँ / सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन दुरूपयोग भएको भन्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले विरोध जनाएको छ।

युवा संघले सार्वजिनक बिदामा बिना पासका सवारी साधन चलाउनेविरूद्ध सडक संघर्ष गरेको हो। युवा संघले, काठमाडौंको कलंकी, बालाजु, बानेश्वर र भक्तपुरको सूर्यविनायक र ललितपुरमा सडक संघर्ष गरेको हो।

राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता निरोज पौडेल को अनुसार अब देशभर सार्वजनिक बिदाको दिन गाडी रोकिने छन र बिना पास सरकारी सवारी साधन चलाउने सवारी साधन नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको बताए।

युवा संघले सवारी साधन नियन्त्रणमा लिन थालेपछि थप क्षति हुन नदिन प्रहरी वृत्त कालिमाटीका डिएसपी नरहरि अधिकारी र ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल सडकमा देखिएका थिए।


प्रतिक्रिया