`

अध्यक्ष ओली भेट्न मानुषी यमी बालकोटमा

Nepal One HD २२ भदौ २०८० १२:२१
राजनीति

काठमाडौँ / नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन् ।

ओलीलाई भेट्न मानुषी बालकोट पुगेकी हुन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै मानुषीले अध्यक्ष ओलीसँग समसामयिक विषयहरू कुराकानी भएको जनाएकी छन् ।

ओली भेट्न उनी आफ्ना पति जिकेन्द्र श्रेष्ठलाई पनि लिएर बालकोट पुगेकी हुन् ।


प्रतिक्रिया