पाशुपत क्षेत्रभित्र मदिरा सेवनमा रोक

अध्यात्म

काठमाडौ– पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले एक सूचना जारी गरी आज आइतबारदेखि लागु हुनेगरी पाशुपत क्षेत्रभित्र मासु, मदिरा तथा नशालु पदार्थ सेवनमा रोक लगाएको हो ।
हिन्दु नारीहरूको महान चाड तीजको अवसर पारेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो ।
पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले मासु तथा मदिराजन्य वस्तु सेवनमा रोक लगाइएको हो ।
गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस किसिमका कार्य निषेध गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट