`

सरकार र नेपाल चिकित्सक संघबीच वार्ता जारी

Nepal One HD ३१ भदौ २०८० १२:४१
प्रमुख खबर

काठमाडौ– हेटौंडा घटनापछि सातबुँदे माग राखेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीबीच वार्ता भइरहेको छ ।

अतिरिक्त सचिव डा. विकास देवकोटासहितको पाँच सदस्यीय सरकारी टोली र संघका प्रतिनिधिबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वार्ता भइरहेको नेपाल चिकित्सक संघले जनाएको छ ।
मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा चिकित्सकमाथि आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई ७२ घण्टे ‘अल्टिमेटम’ दिएको संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गराएको छ ।
उपचारमा लापरबाही गरेको भन्दै भदौ २७ गते चिकित्सकद्धय विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।


प्रतिक्रिया