`

राष्ट्रपति पौडेलसँग लोसपाका नेता महतोको भेटवार्ता

Nepal One HD ३१ भदौ २०८० १८:५२
प्रमुख खबर

काठमाडौँ, ३१ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न भएको भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपतिसँगको भेटका बारेमा राससलाई जानकारी दिँदै वरिष्ठ नेता महतोले राष्ट्रपति पौडेलसँग राष्ट्रपति भएपछि आफ्नो पहिलो भेट भएको र समसामयिक विषयमा छलफल भएको बताउनुभयो । भेटका अवसरमा आफूले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरणलगायत कामकारबाहीका सम्बन्धमा धन्यवाद व्यक्त गरेको नेता महतोले बताउनुभयो । राष्ट्रपति पौडेलले छिट्टै जनकपुर भ्रमण गर्नुहुने कार्यक्रम रहेको र त्यसबारे पनि कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया