`

शिक्षक आन्दोलनका कारण पार्कको दुबो नष्ट भएपछि बालेनले लेखे

Nepal One HD ४ असोज २०८० १८:०८
प्रमुख खबर

काठमाडौ– शिक्षकको आन्दोलनका क्रममा बानेश्वरस्थित पार्कको दुबो नष्ट भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता स्मरण गरेका छन् । उनले सामाजिक संजालमा दुबो मिचिएको तस्विर सहित महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ,नच्यात्नु फुल नानी हो, दया र धर्म भाग्दछ भन्ने कविता सेयर गरेका छन् ।
नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षक दोस्रो दिन पनि आन्दोलनमा उत्रिएका छन् । सरकारले अघि बढाएको शिक्षा विधेयकको विरोध गर्दै उनीहरु आन्दोलनमा छन् ।


प्रतिक्रिया