आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी

प्रमुख खबर

काठमाडौ– आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता भइरहेकाे छ । वार्ता गृह मन्त्रालयमा भइरहेकाे हाे । वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल सुरु गरिएको छ । अहिले शिक्षक कर्मचारीहरूलाई मागका विषयमा साझा घारणा राख्न समय दिइएको छ । त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ ।
विद्यालय शिक्षा विधेयकमा विमति जनाउँदै विगत ३ दिनदेखि शिक्षक काठमाडौ केन्द्रित आन्दोलनमा छन् । उनीहरूले विधेयकमा विभिन्न १७ बुँदे संशोधनको माग राख्दै आएका छन् । आन्दोलनरत शिक्षकहरूले आन्दोलन र वार्तालाई सँगसँगै लैजाने बताएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट