माग पूरा नभएको भन्दै आजपनि राहत शिक्षकको आन्दोलन

अर्थ समाचार

काठमाडौ– सरकार र शिक्षक महासंघबीच ७ बुँदे सहमतिपछि महासंघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । सहमतिमा विमती जनाउँदै राहत शिक्षकहरुले भने आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले आज पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।
राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको आरोप लगाउँदै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले शुक्रबार भएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिले राहत तथा अस्थायी प्रकृतिका शिक्षकको बचाउ गर्न नसकेको बताए । उनीहरुले ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको दावी गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट