`

राहत शिक्षकको आन्दोलन आठौं दिनपनि जारी

Nepal One HD १० असोज २०८० १३:५४
प्रमुख खबर

काठमाडौ– राहत शिक्षकले आज आठौ. दिनपनि आन्दोलन जारी राखेका छन् । काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले विभिन्न नारा लगाएर प्रदर्शनमा उत्रिएका छन् ।

राहत शिक्षक,बालविकास शिक्षक,पेन्सनबाट बञ्चित शिक्षक आन्दोलनमा सहभागी छन् । आन्दोलनको बिभिन्न स्वरुप परिवर्तन गदैृ आएका उनीहरुले केही दिनअघि आफूलाई राज्यले सेवा सुविधाबाट बञ्चित गराएर लाशजस्तै बनाएको भन्दै सांकेतिक रुपमा मुर्दा बनेर सडकमा सुतेर विरोध गरेका थिए ।

सरकार र नेपाल शिक्षक महासंघबीच भएको ६ बुँदे सहमति पछि स्थायी शिक्षकहरू भने विद्यालय फर्किसकेका छन् । माग सम्बोधन नभएको भन्दै उनीहरुले भने निरन्तर आन्दोलन गर्दै आइरहेका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने राहत शिक्षकको अडान छ ।


प्रतिक्रिया