सरकार जनचाहना अनुरुप चलेनः अध्यक्ष ओली


विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने ठोकुवा गरेका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले आफुहरु अहिले सरकारमा जान नचाहेको र कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने अवस्थामा रहेको बताएका हुन् ।
उनले प्रमुख पार्टीहरु जिम्मेवार हुँदा भने अर्को बिकल्प हुन सक्ने धारणा राखे । अध्यक्ष ओलीले नेपालको चुच्चे नक्सा बारे प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा नउठाउनु कमजोरी भएको र राष्ट्रियताप्रति चिन्ता नदेखिएको आरोप लगाए । वर्तमान सरकार जनताको चाहना विपरित चलेको उनको आरोप छ । कोसी प्रदेश गठबन्धन दलका कारण मध्यावधिमा गएको अवस्थामा एमालेले भारी मत ल्याउने उनको दावी छ ।
अध्यक्ष ओलीले पार्टीको प्रदेश अधिवेशनमा पार्टी अध्यक्षले भनेको कुरा नेता कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको भन्दै आफूले सके सर्वसम्मति नभए स्वस्थ प्रतिस्पर्धा गर्न सुझाव मात्रै दिएको जिकिर गरे ।