`

सरकारसंगको सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता

Nepal One HD १२ असोज २०८० १६:३४
प्रमुख खबर

काठमाडौ– दश दिनदेखि काठमाडौ केन्द्रि आन्दोलन गर्दै आइरहेका राहत शिक्षकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आज सरकार र शिक्षकबीचको वार्ताले सार्थक रुप लिएपछि उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिउका हुन् ।
आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र राज्यमन्त्री प्रमिला कुमारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर लगायत सहभागी बैठकमा शिक्षकको मागका विषयमा सहमति जुटेको हो । शिषक र सरकारबीच शिक्षा विधेयक संशोधन गर्ने लगायतका ५ बुँदे सहमति भएको छ ।

यस्तै, शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने, राहत शिक्षक स्थायी भएका खण्डमा अस्थायी सेवा अवधि पनि शतप्रतिशत नै गणना गर्ने लगायतमा सहमति भएको छ ।


प्रतिक्रिया