बझाङ भूकम्प: गाउँका धेरै घर भत्किए

प्रमुख खबर

बझाङ– भूकम्पका कारण बझाङका धेरै घरहरूमा क्षति पुगेको छ । आज २ बजेर ४० मिनेटमा पहिलो र ३ बजेर ६ मिनेटको समयमा दोस्रो पटक भूकम्पको धक्का महसुस भएको थियो । बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५.३ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
सुदूरपश्चिमसहित लुम्बिनी र कर्णालीका बिभिन्न जिल्लामा भूकम्पको धक्का महसूस गरिएको थियो । भूकम्पका कारण गाउँका केही कच्ची घर भत्किएका छन् । भूकम्प आएपछि शहरी क्षेत्रका बासिन्दा सडक, तथा खुला चौरमा बसेका छन् । केही ठाउँमा पहिरो समेत गएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । क्षतीको पूर्ण विवरण संकलन भइरहेको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट