`

एमाले गण्डकी अधिवेशन : मतदान सुरु, दुई प्यानल नै बनाएर प्रतिष्पर्धामा

Nepal One HD १८ असोज २०८० १६:०६
राजनीति

कास्की– नेकपा एमालेको गण्डकी अधिवेशन प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
आज बिहानैबाट मतदान गर्ने निर्वाचन तालिका भएपनि ढिलोगरी अपरान्हबाट मात्रै मतदान अघि बढाइएको हो ।
मतदानका लागि भोटिङ मेसिन प्रयोग गरिएको छ । ३३ वटा भोटिङ मेसिनमार्फत मतदाताले मतदान गरिरहेका छन् ।
नयाँ नेतृत्व चयनका लागि नौ सय सातजना प्रतिनिधिले मत दिँदैछन् । निर्वाचनमार्फत अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र उपसचिव महिला गरी पाँचजना पदाधिकारी र एक सय ५७ जना सदस्य निर्वाचित हुनेछन्।

गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्ष गुटको प्रतिष्पर्धा छ । प्रदेश कमिटी अध्यक्षमा म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारी चुनावी मैदानमा छन् ।


प्रतिक्रिया