इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न एमालेको अनुरोध
प्रमुख खबर
गोदावरी (कैलाली), २१ असोज : नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग अनुरोध गरेको छ । आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा घाइते भएका नेपालीको उद्धार तथा त्यहाँ रहेका आफ्ना नागरिकको सुरक्षा सुनिश्चत गर्न आग्रह गर्नुभएको हो । उहाँले घाइते नेपालीप्रति सरकारले चासो नदिएको आरोप लगाउनुभयो ।
घाइते भएका आफ्ना नागरिकको अवस्थाबारे सरकार गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । महासचिव पाखरेलले अब एमालेले एकल बहुमतको सरकार गठन गर्नेगरी अगाडि बढ्नुपर्छ भन्दै पार्टीले समृद्धिको आधार बनाई रहेकाबेला आफ्नै पार्टीको सरकारलाई ढाल्न लागेकाहरुबाट अहिलेको परिस्थिति उत्पन्न भएको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
