`

कोशी सरकार गठनमा राप्रपा तटस्थ रहने

Nepal One HD २६ असोज २०८० १२:१३
प्रमुख खबर

काठमाडौ– राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी सरकार गठनमा तत्काल कसैलाई समर्थन नगर्ने निर्णय लिएको छ । पार्टी कार्यालय धुम्वाराहीमा आज बसेको पार्टी पदाधिकारी बैठकले अहिले सरकार गठनका क्रममा राप्रपाको मतको आवश्यकता नरहेको ठहर सहित तटस्थ बस्ने निर्णय लिएको हो ।

बैठकपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कोशी प्रदेशको घटनाक्रमलाई नजिकबाट नियाल्ने र उपयुक्त समयमा पार्टीले आवश्यक निर्णय लिने बताएका छन् । कोशीमा एमाले र कांग्रेस मिलेर नै सरकार बनाउनुपर्नेमा राप्रपाको जोड रहेको र त्यहि अनुसार दावी पनि देखिएको उनको भनाइ छ । बैठकमा राप्रपाको आन्दोलनका बिषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया