`

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

Nepal One HD २७ असोज २०८० १०:०८
प्रमुख खबर

विराटनगर– कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । आज बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसका शेखर कोइराला पक्षका ८ गरी ४७ जना सांसहरूले हस्ताक्षर गरेका थिए।

हस्ताक्षर सनाखत भएपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।


प्रतिक्रिया