`

कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

Nepal One HD २८ असोज २०८० १५:४९
प्रमुख खबर

विराटनगर– कोशी प्रदेशमा तीन सदस्यीय नयाँ मनित्रपरिषद् गठन भएको छ । मुख्यमन्त्री केदार कार्कीले कांग्रेस र एमालेका एक–एक जना मन्त्री बनाएर सानो आकारको मन्त्रिपरिषद् गठन गरेका हुन् । मुख्यमन्त्री कार्कीले कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री सहित नव नियुक्त मन्त्रीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । नयाँ मन्त्रीको विभागिय जिम्मेवारी भने तोकिएको छैन ।

मुख्यमन्त्री राई एमालेको समर्थनमा हिजो शनीबार मात्रै मुख्यमन्त्री नियुक्त भएका थिए । सभापति देउवासंग असन्तुष्ट कांग्रेसका ८ र एमालेका ३९ सांसदको साथ लिएर कार्की कोशी प्रदेशको मुख्यमन्त्री बनेका हुन् । उनले सरकारमा अरु दललाई पनि सहभागी गराउने गरी छलफल अघि बढाउने बताएका छन् ।


प्रतिक्रिया