वातावरणमैत्री विकासको आवश्यकता : वनमन्त्री महतो
जोमसोम (मुस्ताङ), १ कात्तिक : वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनको असर र क्षति न्यूनीकरण गर्न वातावरणमैत्री विकासको आवश्यकता रहेको बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आज जोमसोममा आयोजना गरेको ‘सरोकारवालासँग जलवायु संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अव्यवस्थित विकास निर्माणका कारण विपत्ति सिर्जना भएको बताउनुभयो ।
“अवैज्ञानिक किसिमको निर्माणले प्रकृतिमा असर गरेको छ”, उहाँले भन्नुुभयो, “भोलि के हुन्छ भन्ने अनुुमान र विश्लेषण नगरी विकासका काम गर्ने प्रवृति रोक्नलाई अनुुरोध गर्दछु ।” उहाँले मानवीय लापरबाही र गतिविधिका कारण वातावरणमा परेको असर तथा क्षति न्यूनीकरण गर्न विकाससँगै संरक्षणको काम पनि गर्नुु आवश्यक देखिएको बताउनुुभयो ।
प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै भएको चीन भ्रमणका क्रममा मुुस्ताङको कोरलालगायत नेपालको सिमानामा रहेका १४ व्यापारिक नाका सञ्चालन र जडीबुुटीको निकासी गर्ने सम्बन्धमा समझदारी भएको मन्त्री महतोले बताउनुुभयो ।
“चीनसँग भएको समझदारीले नेपालको हिमाली क्षेत्रको जडीबुटीको बजारीकरणमा सहयोग पुग्नेछ”, उहाँले भन्नुुभयो “जडीबुटी खेतीको विस्तार र प्रवद्र्धनका लागि वन मन्त्रालयले जोड दिएको छ ।”
विश्व समुदायले नेपालको वातावरण संरक्षणको क्षेत्रमा उपलब्ध गराएको रु ५० करोड अनुुदान मुुस्ताङमा जलवायुु परिवर्तनको असर र क्षति न्यूनीकरण तथा अनुुकूलनका योजनाका लागि परिचालन गरिने मन्त्री महतोले बताउनुुभयो ।
मुुस्ताङ, मनाङ, सिन्धुुपाल्चोकलगायत जिल्लामा पछिल्लो केही वर्षयता जलवायुु परिवर्तनका कारण भएको क्षतिको विषयलाई २८औँ विश्व जलवायुु सम्मेलनमा अन्तराष्ट्रियकरण गरिने उहाँले बताउनुुभयो ।
“हाम्रा हिमाल हिउँविहीन हुुने, हिमताल फुट्ने जोखिम हुुने, हिमाल कालापत्थरमा परिणत भएको मुुद्दालाई अन्तर्राष्ट्रियकरण गर्छौं”, उहाँले भन्नुुभयो, “जलवायुु परिवर्तनको क्षति र असर न्यूनीकरणका लागि तीनै तहका सरकारले अनुुकूलनका योजना बनाएर कार्यान्वयन गर्न आवश्यक छ ।”
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले जलवायुु परिवर्तनका कारण जनजीवनमा परेको असरका बारेमा स्थलगत निरिक्षण र नागरिकको गुुनासो सुुनेर अन्तराष्ट्रिय जलवायुु सम्मेलनमा उठाउनका लागि प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा संवाद कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुुभयो ।
छलफलमा सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयहरुले तापक्रम वृद्धि र जलवायुु परिवर्तनका कारण परेको असर तथा समस्याका बारेमा जानकारी गराउनुुभएको थियो । गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचन, जिल्ला समन्वय समिति मुुस्ताङका प्रमुखु माया गुुरुङ, वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुुरुङ, नेकपा (एमाले) मुुस्ताङका अध्यक्ष आशबहादुुुर थकाली, स्थानीय चन्द्रबहादुुर थकालीले तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण मुुस्ताङको सबै क्षेत्र प्रभावित भएको बताउनुुभयो ।
मानिस, पशुुपक्षी र बोटबिरुवामा नयाँ रोग देखिएको, हिउँ पर्ने याममा हिउँ नपर्ने, बेमौसमी वर्षा हुुने, माटोले बनेका घरहरु भत्किन थालेका, कालीगण्डकी र सहायक नदीहरुमा बाढीको सतह बढेर आउन थालेको, अत्यधिक वर्षा हुुन थालेको, तल्लो क्षेत्रमा स्याउ खेती हुुन छाडेको जस्ता असर देखिएको उहाँहरुले बताउनुुभएको थियो ।
