`

धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प, लगातारजसो पराकम्प

Nepal One HD ५ कार्तिक २०८० ११:००
प्रमुख खबर

धादिङ- आज बिहान धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो । बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकप्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन, तनहुँ, लम्जुङ लगायतका जिल्लामा समेत महसुस भएको थियो ।

भूकम्पले कुनै मानविय क्षती नभए पनि केही घर भत्किएको र केही ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ । भूकम्प गएपछि ४ वटासम्म पराकम्प गएको छ ।


प्रतिक्रिया