`

डब्लुएचओ दक्षिण–पूर्वी एशियाको क्षेत्रीय निर्देशकमा बंगलादेशी प्रधानमन्त्री हसिनाकी छोरी साइमा चयन

Nepal One HD १५ कार्तिक २०८० १४:०६
जीवनशैली/स्वास्थ्य

नयाँ दिल्ली– बंगलादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को दक्षिण–पूर्वी एशियाको क्षेत्रीय निर्देशकमा चयन भएकी छन्। बुधबार नयाँ दिल्लीमा बसेको ७६औं बैठकमा सदस्यहरूले मतदान गरी वाजेदलाई संगठनको दक्षिण एशियाली क्षेत्रीय निर्देशक चुनेको हो ।

बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, श्रीलंका, थाइल्यान्ड र टिमोर–लिस्टेले मतदानमा सहभागी थिए । म्यानमार बाहेक मतदानमा सहभागी १० मध्ये साइमाले ८ मत पाएकी थिइन् ।

नेपालको तर्फबाट उम्मेदार बनेका डा. शम्भुप्रसाद आचार्यले भने दुई मत मात्रै पाएका छन् । उनले सन् २०२४ को फेब्रुअरीबाट ५ वर्षका लागि कार्यभार सम्हाल्नेछिन् ।


प्रतिक्रिया