भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ दिने मन्त्रिपरिषद्को निर्णय
प्रमुख खबर
काठमाडौ– सरकारले भूकम्प पीडितहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले जाजरकोटको भूकम्पबाट प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
यस्तै, आजको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने भएको छ । सांसद विकास कोषको झण्डै ८ अर्ब र दातृ निकायहरुको सहयोग समेत गरेर १० अर्बको कोष निर्माण गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
