प्रशासनकै आडमा आफ्ना समर्थकमाथि आक्रमण भयो– युवा संघ अध्यक्ष थेवे
प्रमुख खबर
काठमाडौ– बल्खुमा आफ्ना समर्थकमाथि भएको आक्रमणमा प्रशासनकै हात रहेको युवा संघले आरोप लगाएको छ । नेपाल वान एचडी संगको कुराकानीमा युवा संघका अध्यक्ष छितिज थेवेले प्रशासनकै आड लिएर दुर्गा प्रसाइँका कार्यकर्ताले आफ्ना युवामाथि आक्रमण गरेका आरोप लगाएका हुन् ।
गाेंगवुबाट -याली सहित तिनकुनेको जनप्रर्दशनमा सहभागी हुन आएका युवा संघका समर्थकलाई स्कर्टिङका नाममा बल्खु पुर्याएर भिडाउने काम प्रशासनबाटै भएको उनको आरोप छ । आफुहरुको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनले नै घुसपैठ गर्न खोजेको र यसमा सरकारी नियच खराव देखिएको उनले बताए । घटनालाई युवासंघले खेदपूर्ण र निन्दनीय भनेको छ ।
यद्यपी, यस्ता गतिविधिले युवा संघ नडग्मगाउने भन्दै अध्यक्ष थेवेले सरकार विरुद्ध आफ्नो आन्दोलन निर्णायक तहमा पुर्याउने दावी गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
