प्रसाइँको आन्दोलनको तेस्रो दिन, सभास्थल सिफलमा सुरक्षा व्यवस्था कडा
प्रमुख खबर
काठमाडौ– गणतन्त्रको विरोधमा अभियान चलाउँदै आएका दुर्गा प्रसाइँ नेतृत्वको समूहले आज पनि आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएको छ । उनीहरुले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशाला नजिक सिफल चौरमा गर्दै छन् । कार्यक्रम स्थल सिफल चौर आसपास ठूलो संख्यामा प्रहरी वल परिचालन गरिएको छ । सिफल क्षेत्रका घरका कौसी, छतमा सशस्त्र प्रहरी तैनाथ छन् ।
आन्दोलनस्थलमा अनुसन्धानका लागि प्रयोग हुने कुकुर समेत परिचालन गरिएको छ । सिफल आसपासका क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो संख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तयारी अवस्थामा छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
