एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीले गराए पुनर्निर्मित भवनको अवलोकन
प्रमुख खबर
काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई सिंहदरबारस्थित पश्चिमतर्फको पुनर्निर्मित भवनको अवलोकन गराएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री कार्यालय भवनमै रहेको आर्ट ग्यालरीको पनि अवलोकन गरेका थिए । त्यसक्रममा मुख्यसचिव वैकुण्ठ अर्यालले अध्यक्ष ओलीलाई भवनको विशेषताबारे ब्रिफिङ गरेका थिए ।
१२ वैशाख ०७२ मा आएको भूकम्पले क्षति र्पुयाएपछि प्रयोगहीन रहेको भवनलाई रेट्रोफिटिङ गरी पुनः सञ्चालनमा ल्याइएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
