`

रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनीत

Nepal One HD १३ मंसिर २०८० १४:५८
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका १४ जना सांसदलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ ।

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेको हो ।

रास्वपाले संसदीय दलका विराजभक्त श्रेष्ठ, सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, निशा डाँगी, मनिष झा, शिशिर खनाल, हरि ढकाल, डा. तोसिमा कार्की, डा. चन्दा कार्की, असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, विनीता कठायत र शिव नेपालीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

केन्द्रीय समिति बैठक विस्तार गरेपछि ५२ जनाको समिति बनेको छ ।


प्रतिक्रिया