बैतडीमा ओलीको आक्रोस– एमालेको सरकार ढलेपछि राजनीतिक संस्कार र अर्थतन्त्र पनि ढल्यो
बैतडी– नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले एमालेको सरकार ढलेपछि देशमा राजनीति अस्थिरता बढेको बताएका छन् ।‘समृद्धिका लागि संकल्प यात्रा’ अभियान अन्तरगत आज बैतडीको गोठालापानीमा आयोजित आमसभालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमाले सरकारको नेतृत्वबाट बाहिरिएपछि मुलुकको अर्थतन्त्र ओरालो लागेको दावी गरे ।
उनले एमाले सरकारको नेतृत्वबाट बाहिरिएको अढाई वर्षको अवधिमा देशको अर्थतन्त्र ओरालो लागेको, राजनीति अस्थिरतातर्फ धकेलिएको र मुलुकमा रोजगारीका अवसर समाप्त हुँदै गएको बताए । अर्को प्रसंगमा अध्यक्ष ओलीले
नेपालमा राजतन्त्र नफर्किने ठोकुवा गरेका छन् । अहिले गणतन्त्रको विरोध गर्ने दुस्साहस भइरहेको भन्दै उनले पछाडी फर्किएर राजाको रैति हुन नसकिने बताए । ‘जन्मिदै कोही राजा हुन जन्मिन्छ कोही दास हुन जन्मिन्छ भनेर मान्दैनौँ,’ उनले भने ।
पहिचानका नाममा नेपाली जनतालाई विभाजित गर्न खोजिएकोमा पनि उनले आपत्ति जनाए ।
