मेडिकल काउन्सिलको अध्यक्षमा भुसाल नियुक्त

जीवनशैली/स्वास्थ्य

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राध्यापक डाक्टर चोपलाल भुसाल नियुक्त भएका छन् ।
गतसाता बसेको मन्त्रिपरिषद् बैठकले उनको नियुक्तिको निर्णय गरेको भएपनि डा भुसाललाई सोमबार मात्र पत्र प्राप्त हो ।
त्रिभुवन विश्व विद्यालयका प्राध्यापक एवम् नाक,कान र घाटी विशेषज्ञ समेत रहेका डा भुसाल यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्ष र बंगलादेशको राजदुत समेत भइसकेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट