भिटामिन ‘डी’ को कमी भएमा के गर्ने ? यस्ता छन् लक्षण

जीवनशैली/स्वास्थ्य

काठमाडौँ – सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसहरूमा भिटामिन डीको कमी देखिन गर्दछ ।
पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ खानाजस्ता कारणले मानिसहरूमा भिटामिन डीको कमी देखिनु मुख्य कारण भएको विज्ञहरू बताउँछन्।
लक्षणहरु के के हुन् त ??
भिटामिन डीको कमी भए थकान महसुस हुने
बिस्तारै हड्डी कमजोर हुदै जाने
मांसपेशी दुख्ने बाउडिने
डिप्रेशन
मधुमेह
उच्च रक्तचाप र मुटुसम्बन्धी अन्य रोग हुन सक्ने विज्ञहरू बताउँछन्।
कसरि जोगिने :
बिहान ८ बजे देखि १ बजे सम्मको घाममा बस्ने
भिटमिन डी युक्त खाना जस्तै माछा, रातो मासु, अण्डाको पहेँलो भाग र दुग्धजन्य पदार्थहरु सेवन गर्ने
दूध, भटमास, ओट, बदाम, फलफूलको जूस, दही, मार्जरीन, गहुँको पिठो, खाने तेल, सीरीअल जस्ता खानेकुराहरु सेवन गर्ने ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट