`

रोटरीको निःशुल्क स्वास्थ्य शिविर, एक सयभन्दा बढी प्रहरी र कैदीको स्वास्थ्य परीक्षण

Nepal One HD २३ मंसिर २०८० २०:१३
जीवनशैली/स्वास्थ्य

काठमाडौँ, २३ मङ्सिर : रोटरी क्लब अफ काठमाडौँ वेष्ट, स्पार्क हेल्थ होम र प्रहरी वृत्त कालिमाटीको संयुक्त आयोजनामा आज कालिमाटी वृत्तमा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले शुभारम्भ गर्नुभएको सो शिविरमा एक सयभन्दा बढी प्रहरी र कैदीको स्वास्थ्य परीक्षण गरिएको थियो । समारोहमा रोटरी क्लब अफ काठमाडौँ वेष्टले ५९ ट्राफिक प्रहरीका लागि निःशुल्क चस्मा प्रदान गरेको थियो ।

स्वास्थ्य विशिरमा डा प्रकाश श्रेष्ठ, डा अग्नीकुमार महतो, डा दृष्टि श्रेष्ठ, डा आनन्द शाह, डा रुपा बलामी र डा दिपिका बराल क्षेत्रीलगायतका डाक्टरले प्रहरी र कैदीको स्वास्थ्य परीक्षण गर्नुभयो । शिविरमा नाक, कान, घाँटी, दात र नसासम्बन्धी रोगको परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा स्पार्क हेल्थ होमले निःशुल्क औषधि वितरण गरेको निर्देशक रुपेश अधिकारीले जानकारी दिनुभयो ।


प्रतिक्रिया