`

६ दिनको अस्पताल बसाईपछि डिस्चार्ज भए गृहमन्त्री

Nepal One HD २४ मंसिर २०८० १३:४४
प्रमुख खबर

काठमाडौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा समस्या आएपछि उनी गत मंसिर १९ गते गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना भएका थिए । उनको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो ।

डा अरूण मास्के सहितको चिकित्सक टोली गृहमन्त्री श्रेष्ठको उपचारमा संलग्न थियो । स्वास्थ्यमा सुधार आएपछि चिकित्सकको सल्लाह र सिफारिसमा गृहमन्त्री श्रेष्ठलाई डिस्चार्ज गरिएको हो ।


प्रतिक्रिया