`

दुईसय नेपाली युवा रूसी सेनामा भर्ना

Nepal One HD २५ मंसिर २०८० १६:१९
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा करिब दुईसय नेपाली नागरिक भर्ती भएको जानकारी सरकारसँग रहेको जानकारी दिएका छन् ।

सोमबार प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै प्रधानमन्त्रीले भिजिट भिसा र अध्ययन भिसामा रूसमा पुगेका करिब दुईसय नेपाली रूसी सेनामा भर्ती भएको जानकारी सरकारसँग रहेको बताएका हुन् ।

उनले भने, ‘रूसी सेनामा पनि नेपाली युवाहरु गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका २०० भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ।’


प्रतिक्रिया