`

जनताको समस्या सुन्ने पार्टी एमालेमात्रै हो : अध्यक्ष ओली

Nepal One HD २६ मंसिर २०८० १४:२१
प्रमुख खबर

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या सुन्ने पार्टी एमालेमात्रै भएको दावी गरेका छन् ।

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत मंगलबार सिन्धुलीको खुर्कोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले भोगिरहेका समस्या सुन्ने पार्टी एमालेमात्रै रहेको र समस्याहरुको समाधान गर्ने बताएका हुन् ।

उनले समृद्ध नेपाल सुखी नेपालीको संकल्प लिएर हिडिरहेको एमाले दृढ संकल्पका साथ समृद्धिका लागि प्रतिवद्ध रहेको जिकिर गरेका छन् । सडक निर्माण देखि अन्य पूर्वाधार निर्माणमा एमाले नेतृत्वको सरकारले साधारण काम गरेको उनले बताए ।

सुुनकोशी मरिण डाइभरर्सनका कारण देखिएका समस्यालाई पनि समाधान गर्दै आयोजनालाई अघि बढाउनुपर्नेमा उनले जोड दिए।


प्रतिक्रिया