शेखर कोइरालालाई संसदीय दलको नेता बनाऔंः महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेता परिवर्तनको प्रस्ताव गरेका छन् । बुधबार संस्थापनइतर समूहको बैठकमा महामन्त्री थापाले संसदीय दलको नेता शेखर कोइरालालाई बनाउनुपर्ने बताएका हुन् । उनले संसदीय दलको नेता परिवर्तन नगरे २०८२ मा महाधिवेशन नहुने बताए ।
उनले भने, ‘संसदीय दलको नेता परिवर्तन गर्नुपर्छ । संसदीय दलको नेता परिवर्तन नगरे २०८२ मा महाधिवेशन हुँदैन । त्यसैल शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन लागौं।’उनले आफू र शेखर कोइरालाबीच कुनै मतभेद नभएको बताएका थिए । उनले पार्टी सभापति शेरबहादुर देउवा आफैं गुटको संरक्षक भएको आरोप लगाए ।महामन्त्री थापाले सभापति देउवाले सबैलाई न्यायपूर्ण व्यवहार गर्नुपर्ने ठाउँमा आफैं एउटा समूहको संरक्षक जस्तो भएको आरोप लगाए । उनले भने, ‘आफ्नो समूहमा भएकालाई एउटा व्यवहार, जो आफ्नो समूहमा छैन र अधिवेशनमा आफूलाई मत दिएन उसलाई हेर्ने अर्को नजर भयो । यो पटक राष्ट्रिय सभाको टिकट बाँड्दै गर्दा सभापति सिंगो पार्टीको सभापति बन्न सक्नु हुन्छ कि हुन्न भन्ने कुरामा भेलामा छलफल भयो ।’बैठकमा राष्ट्रियसभाको निर्वाचनको उम्मेदवार छान्न मापदण्ड बनाउनुपर्ने महामन्त्री थापाले बताए । बुधबारको बैठकमा सुशासन र एकपछि अर्को आएको काण्डको विषयमा पनि छलफल गम्भीर छलफल भएको उनले जानकारी दिए ।
