`

पोखरामा १९ औं लेखनाथ महोत्सव शुरु

Nepal One HD ५ पुष २०८० २२:५२
अर्थ समाचार

पोखरा । पोखरामा १९ औं लेखनाथ महोत्सव सुरु भएको छ । महोत्सव उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण हुने बताए ।

कृषि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन अनुरोध गर्दै उनले युवालाई उत्पादनमा जोडिएर सरकारको कार्यक्रममा सहभागी हुन आग्रह गरे ।गाँजालाई वैधता दिन प्रदेश सरकारले तयारी गरिरहेको बताउँदै उनले यसलाई लागूपदार्थ भन्दा पनि औषधिको रुपमा अपनाउन वैधता दिने विषयमा सहयोग गर्न प्रतिपक्ष दललाई आग्रह समेत गरेका थिए ।कार्यक्रममा गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले लेखनाथलाई नमुना सहर बनाउन सामूहिक भावनाले अगाडि बढ्नुपर्ने बताए । महोत्सवमा आमा/महिला समूह, संघ संस्थाहरु र विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो । महोत्सव पुस १६ गतेसम्म चल्ने छ ।


प्रतिक्रिया