गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति, यस्तो छ पूरा सूची
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ। महाधिवेशनबाट सभापतिमा थापा निर्वाचित हुँदा विभिन्न पदाधिकारी र समावेशी समूह तथा प्रदेशबाट केन्द्रीय सदस्यहरू पनि चुनिएका छन्। केही केन्द्रीय सदस्य भने मनोनीत हुन बाँकी छन्।
नयाँ कार्यसमितिमा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र विनोद चौधरी पनि चयन भएका छन्।
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्। सहमहामन्त्रीमा प्रतिमा गौतम, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, बहादुरसिंह लामा, प्रकाश रसाइली (स्नेही), अजयकुमार चौरसिया, मनोजमणि आचार्य, योगेन्द्र चौधरी, डा. फिरदोश आलम, जीवनबहादुर शाही र आङ्गेलु शेर्पा चयन भएका छन्।
केन्द्रीय सदस्यमा खुला तथा महिला समूहसँगै आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक तथा अपाङ्गता, सातै प्रदेश, युवा, जनसम्पर्क समिति, पेसागत क्षेत्र र श्रमिक समूहबाट प्रतिनिधिहरू निर्वाचित भएका छन्। सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा प्रतिनिधि पनि केन्द्रीय कार्यसमितिमा पुगेका छन्। काठमाडौं उपत्यका महिला समूहबाट प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएकी छन्।
नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको नामावली यसप्रकार छ।
निर्वाचित पदाधिकारी
सभापति: गगनकुमार थापा
उपसभापति: विश्वप्रकाश शर्मा (वरिष्ठ उपसभापति, निर्विरोध), पुष्पा भुसाल (महिला उपसभापति, निर्विरोध), डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र विनोद चौधरी।
महामन्त्री: प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त)।
सहमहामन्त्री: प्रतिमा गौतम, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, बहादुरसिंह लामा, प्रकाश रसाइली (स्नेही), अजयकुमार चौरसिया, मनोजमणि आचार्य, योगेन्द्र चौधरी, डा. फिरदोश आलम, जीवनबहादुर शाही र आङ्गेलु शेर्पा।
केन्द्रीय सदस्यहरूको पूर्ण नामावली
१. महिला खुला तर्फ
१. वासना थापा, २. उर्मिला थपलिया, ३. निमा गिरी, ४. कुसुमदेवी थापा, ५. धनाकुमारी खतिवडा, ६. अनिता देवकोटा, ७. लक्ष्मी पाण्डे, ८. सृजना अधिकारी, ९. मुना भुसाल, १०. चिनी पोखरेल (चिनु), ११. कल्पना तिवारी, १२. रीता थापा मगर, १३. गंगा दाहाल, १४. उमा दाहाल र १५. कान्तिका सेजुवाल।
२. खुला तर्फ
१. चिरिबाबु महर्जन, २. निष्कल राई, ३. इन्द्रबहादुर बानियाँ, ४. प्रा.डा. गोविन्द पोखरेल, ५. ई. मोहन आचार्य, ६. जितनारायण श्रेष्ठ, ७. प्रबल थापा, ८. गणेश लामा, ९. राजीव कोइराला, १०. हिमालदत्त श्रेष्ठ, ११. डा. शोभाकर पराजुली, १२. विद्वान गुरुङ, १३. अर्जुनप्रसाद जोशी, १४. ई. अमृत ज्ञवाली, १५. ई. नवराज त्रिपाठी, १६. सन्दीप राना, १७. भरतकुमार शाह, १८. नरेन्द्रकुमार केरुङ, १९. मिनकृष्ण महर्जन, २०. बलदेव तिमिल्सिना, २१. महेश खरेल, २२. जन्मजय तिमिल्सिना, २३. युवराज पाण्डेय, २४. कुमार लुइटेल, २५. ई. ऋषि कोइराला, २६. ई. दीपकबाबु कँडेल, २७. उज्ज्वलप्रसाद बराल, २८. किरण केसी, २९. दीपक भट्टराई, ३०. महेन्द्रकुमार शर्मा, ३१. डा. सुरजराज काफ्ले, ३२. डा. मुकेशराज काफ्ले, ३३. मदनकृष्ण श्रेष्ठ, ३४. प्रमोदहरि गुरागाईं, ३५. लेखनाथ पोखरेल, ३६. किरणकिशोर घिमिरे, ३७. रवि सिंह, ३८. डा. कृष्णप्रसाद पौडेल, ३९. तिलबहादुर रानाभाट, ४०. प्रदीपकुमार सुनुवार, ४१. प्रकाश सिंह कार्की, ४२. डा. मुक्तिराज श्रेष्ठ, ४३. कृष्ण रिजाल, ४४. निलकण्ठ रिजाल र ४५. सुधांशु कोइराला।
३. आदिवासी जनजाति खुला तर्फ
१. तीर्थ लामा, २. ई. अनुप श्रेष्ठ, ३. डा. प्रेमध्वज लामा, ४. कर्माछिरिङ शेर्पा, ५. टेकप्रसाद गुरुङ, ६. भीम श्रीस मगर, ७. रामकृष्ण चित्रकार, ८. बुद्ध लामा, ९. गल्जे लामा (शेर्पा), १०. वंशलाल तामाङ, ११. अमृत गुरुङ र १२. सुशील गुरुङ।
४. आदिवासी जनजाति महिला तर्फ
१. गीता गुरुङ, २. डा. गंगालक्ष्मी अवाल, ३. रेनुका काउँचा, ४. सपना राजभण्डारी जोशी, ५. सीताकुमारी राना, ६. प्रमिला राई, ७. लीलादेवी बोखिम लिम्बु र ८. पुनम लामा।
५. दलित महिला तर्फ
१. सीता मिजार, २. शान्ति परियार विक, ३. रूपा विक, ४. कमला नेपाली र ५. छाया सुनार।
६. दलित मधेसी तर्फ
१. धमेन्द्र पासवान।
७. दलित खुला तर्फ
१. डा. डीबी सुनार, २. सागर परियार, ३. शरिशरण नेपाली, ४. शिवबहादुर सुनार, ५. मन्जित ताम्राकार, ६. राजु परियार, ७. अम्बरबहादुर बराइली र ८. दीपक सोनी।
८. मधेसी खुला तर्फ
१. अनिलकुमार रुंगटा, २. रामकृष्ण यादव, ३. डा. गरिवदास ठाकुर, ४. दिनेशकुमार यादव, ५. जितेन्द्रनारायण देव, ६. असर्फी शाह, ७. अशोककुमार शाह र ८. उमेशचन्द्र यादव।
९. मधेसी महिला तर्फ
१. डा. मधुकुमारी ठाकुर, २. रेखाकुमारी यादव, ३. अञ्जु झा, ४. मिनाक्षी झा र ५. गीताकुमारी यादव।
१०. खसआर्य खुला तर्फ
१. ई. लक्ष्मण केसी, २. भीम पराजुली, ३. जगदीशचन्द्र उपाध्याय, ४. राजेन्द्र केसी, ५. जनार्दनसिंह क्षेत्री, ६. उत्तमराज जोशी, ७. अनुज चापागाईं, ८. कृष्णप्रसाद कोइराला, ९. माइकल रामचन्द्र अर्याल र १०. गणेश सापकोटा।
११. खसआर्य महिला तर्फ
१. डा. भद्रा पराजुली भण्डारी, २. जानुका पन्त, ३. गीता देवकोटा, ४. कृष्णकुमारी बस्नेत, ५. विनिता अधिकारी, ६. जानकी सिंह, ७. देवकी गौतम र ८. चम्पादेवी खड्का।
१२. थारू खुला तर्फ
१. डा. भोगेन्द्रप्रसाद चौधरी, २. जनकराज चौधरी, ३. वेदनारायण गच्छदार र ४. साजनकुमार महतो।
१३. थारू महिला तर्फ
१. डा. जीवन राना र २. डा. प्रमिलाकुमारी गच्छदार।
१४. मुस्लिम खुला तर्फ
१. डा. अताबुल मंसुरी, २. मो. इर्शाद अन्सारी र ३. अब्दुल रज्जाक गद्दी।
१५. मुस्लिम महिला तर्फ
१. जमिला खातुन र २. सनम बेगम।
१६. पिछडिएको क्षेत्र
१. दीपकजंग शाह (खुला) र २. सुशीला बम (महिला)।
१७. अल्पसंख्यक तथा अपाङ्गता
१. अर्जुन शेरचन र २. प्रकाश पन्थ।
१८. कोशी प्रदेश
१. डम्बरबहादुर खड्का, २. मेदनीप्रसाद सिटौला, ३. दीपनकुमार श्रेष्ठ, ४. मृदुला कोइराला, ५. ई. हेमकाजी बस्नेत र ६. डा. याशिका भट्टराई।
१९. मधेस प्रदेश
१. डा. अञ्जनीकुमार झा, २. शम्भुबहादुर बुढाथोकी, ३. विनोद खनाल, ४. मेघा शाही, ५. गौरव पाण्डे र ६. ममता शर्मा।
२०. बागमती प्रदेश
१. प्रा.डा. सूर्यकान्त घिमिरे, २. ई. रोहित पौडेल, ३. सन्तोष चालिसे, ४. हरिप्रभा खड्की, ५. अंशुल केसी र ६. रजनी थापा।
२१. गण्डकी प्रदेश
१. किरणबाबु श्रेष्ठ, २. रेशमबहादुर बानियाँ, ३. खुमाप्रसाद अर्याल, ४. सरस्वती अर्याल तिवारी, ५. ई. सुवास पौडेल र ६. डा. कला पन्त।
२२. लुम्बिनी प्रदेश
१. कमलकिशोर घिमिरे, २. अमरबहादुर भण्डारी, ३. प्रचण्डविक्रम न्यौपाने (गुण्टु), ४. बालकुमारी भण्डारी, ५. अनुराग खड्का र ६. सुष्मा पाण्डे।
२३. कर्णाली प्रदेश
१. राजीवविक्रम शाह, २. खड्गबहादुर शाही, ३. दिक्पालकुमार शाही, ४. रामदेवी खड्का, ५. मोहन राना र ६. भगवती शाही।
२४. सुदूरपश्चिम प्रदेश
१. जनक चटौत, २. दिवानसिंह विष्ट, ३. बहादुरसिंह थापा, ४. अम्बिकाकुमारी चलाउने, ५. रीता शाही र ६. ई. भुवन भट्ट।
२५. सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा
१. सचिन तिमल्सेना, २. ई. अभिषेक आत्रेय, ३. सुशील भट्ट, ४. डा. आयुस बगाले, ५. आदर्श मल्ल, ६. ई. रोशन बस्नेत र ७. ई. सैलेश मिश्र।
२६. जनसम्पर्क समिति
१. सीता सापकोटा घिमिरे, २. चन्द्रा अधिकारी, ३. जितेन्द्रविक्रम शाही, ४. सीए विद्या भूषण कार्की, ५. पुरुषोत्तम खनाल, ६. डा. बलराम श्रेष्ठ र ७. बालकृष्ण पाण्डे।
२७. पेसागत क्षेत्र खुला तर्फ
१. डा. केदारनरसिंह केसी, २. प्रा.डा. जगदीशचन्द्र पोखरेल, ३. वरिष्ठ अधिवक्ता सीताराम केसी, ४. डा. प्रदीप मिश्र र ५. केशव निरौला।
२८. पेसागत क्षेत्र महिला तर्फ
१. डा. सीता पोख्रेल घिमिरे र २. बाला अधिकारी।
२९. श्रमिक तथा अन्य विशेष क्षेत्र
१. खिलानाथ दाहाल, २. योगेन्द्रकुमार कुँवर, ३. सीतादेवी काफ्ले, ४. मोहनबहादुर बस्नेत, ५. सत्यनारायण माझी थारु, ६. बालकृष्ण दाहाल र ७. जनार्दन अर्याल।
३०. काठमाडौं उपत्यका महिला (निर्विरोध)
१. प्रा.डा. अमिता प्रधान शाक्य।
नयाँ नेतृत्व र केन्द्रीय कार्यसमितिको चयनसँगै कांग्रेसको आगामी राजनीतिक दिशा, संगठन सञ्चालन र पार्टीभित्रको समन्वयमा नयाँ पदाधिकारीहरूको भूमिका महत्वपूर्ण हुने देखिएको छ। मनोनीत गर्न बाँकी सदस्य चयन भएपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउनेछ।
