`

कांग्रेसका नवनिर्वाचित सभापति थापाले आज शपथ ग्रहण गर्ने

Nepal One HD १ कार्तिक २०८३ ८:०२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शपथ ग्रहण गर्ने भएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार सम्पन्न भएसँगै थापाको शपथ ग्रहण तथा पदबहाली कार्यक्रम तय भएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार फूलपातीका दिन आज अपराह्न २ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा शपथ ग्रहण तथा पदबहाली समारोह आयोजना हुनेछ।

समारोहमा सहभागी हुन उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई कांग्रेसले निमन्त्रणा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *