`

अष्टमीसम्म बजारमा सरकारी आँखा, महानवमीदेखि अनुगमन ठप्प!

Nepal One HD १ कार्तिक २०८३ ११:३१
प्रशासन

काठमाडौँ । बडादसैँको बिदाका कारण बजार अनुगमन प्रभावित हुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अष्टमीसम्म बजार अनुगमनलाई निरन्तरता दिने भए पनि महानवमीदेखि टीकाको भोलिपल्टसम्म भने अनुगमन पूर्ण रूपमा स्थगित गर्ने भएको छ ।

विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार चाडपर्वको बिदा सुरु भएसँगै बजार अनुगमनमा खटिने टोलीको संख्या घटाइएको छ । सामान्य दिनमा काठमाडौँ उपत्यकामा दैनिक १० वटा टोली परिचालन हुने गरेकामा फूलपाती र अष्टमीका दिन आलोपालो गरी दैनिक दुईवटा टोलीले मात्रै बजार अनुगमन गर्नेछन् ।

कर्मचारीहरू दसैँ मनाउन घर जाने भएकाले अनुगमन टोलीको संख्या घटाइएको किराँतीले बताए । उनका अनुसार महानवमीदेखि टीकाको भोलिपल्टसम्म बजार अनुगमनका लागि कुनै पनि टोली परिचालन गरिने छैन ।

उक्त अवधिपछि भने विभागले बजार अनुगमनलाई पुनः नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *